• Thursday 22nd of October 2026

इलाम-२ मा वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु


  • धनकुटा खबर
  • .

विराटनगर । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ को उपनिर्वाचन अनुसार मतगणना एक घण्टापछि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।

यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा काँग्रेसका कर्ण बहादुर लिम्वूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।

यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए । यस्तै २ नम्बर वडामा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७१४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७०७ मत ल्याएका थिए भने जसपाका धनसिंह राईले ९२ मत ल्याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖