• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ वैशाख। आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ। 

एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ। शुक्रबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले यस संस्करणको समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो। एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन्। 

तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन्। यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ। तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोलीमात्र प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए। शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो। जसअनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन्। 

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ। यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। 

यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएकम छन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ। सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो।

सातौं सिजनदेखि नेकोस जोडिएको हो। छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन। प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक रौनियारले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖