• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

स्पेनिश ला लिगाको उपाधि रियल म्याड्रिडलाई, रियलको ३६ औं उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौं । रियल म्याड्रिडले स्पेनिश ला लिगाको उपाधि जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४–२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो ।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । रियलले गएराति नै भएको खेलमा काडिज विरुद्ध ३–० को जित निकालेको छ । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिंघम र जोसेलुले एक एक गोल गरे ।

३६ पटक स्पेनिश लिग जितेर रियलले पहिलो कीर्तिमानी बनाएको छ । दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖