• Saturday 24th of October 2026

यी हुन् मन्त्रीपरिषद बैठकका निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले एक अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधा (जीइएफ) बाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरम अन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने लगायतका २५ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖