• Saturday 24th of October 2026

गृहमन्त्री लामिछानेले गरे जीबी राई छिट्टै पक्राउ गर्ने प्रतिबद्धता


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई चाँडै पक्राउ गर्नेगरि तयारी थालिएको स्पष्ट पारेका छन् ।

चितवन पुगेका गृहमन्त्री लामिछानेले विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

उनले जीबी राईलाई अघिल्लो सरकारले नै भगाएको आरोप लगाए । उनले आफू गृहमन्त्री बन्नुअघि नै राई फरार भएको भन्दै यसको जिम्मा अघिल्लो सरकारले लिनुपर्ने तर्क गरे ।

उनले अहिले आफूले गृहमन्त्रालयको जिम्मोवारी सम्हालेपछि जीबी राईलाई पक्राउ गरेर स्वदेश झिकाउन लागिपरेको विश्वास दिलाए । उनले फरार रहेको मान्छे खोज्न समय लाग्ने बताउँदै छिट्टै नतिजा आउने दाबी गरे । जीबी राई भागेर मलेसिया गएको हल्ला छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖