• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एम्बाप्पेले आइतबार घरेलु मैदानमा अन्तिम खेल खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ। किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने घोषणा गरेका छन्। एम्बाप्पेले पीएसजीका लागि आइतबार घरेलु मैदानमा टुलुजविरुद्ध अन्तिम खेल खेल्ने बताएका छन्।

‘मेरो देश छोड्न यति गाह्रो हुनेछ भनेर मैले कहिल्यै सोचेको थिइनँ। सात वर्षपछि नयाँ चुनौती लिन मलाई मन थियो,’ उनले भिडियो पोस्टमा भनेका छन्।

clasic tec
पीएसजी आफ्नो जीवनभर सम्झनामा रहने उनले बताएका छन्। ‘मैले यहाँ खेल्ने मौका पाएँ भनेर सबैलाई भन्नेछु। यो क्लब मेरो हृदयमा सधैँभरि रहने छ,’ उनले भने।

टुलुजविरुद्ध खेलपछि फ्रेन्च च्याम्पियन पीएसजीले नाइस र मेट्जमा खेल्ने छ। २६ गोलसहित फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ताकव सूचीमा उनी शीर्ष स्थानमा छन्।

२५ वर्षीय एम्बाप्पेले फ्रान्सको कप्तानी गर्दै सन् २०१८ मा विश्वकप जितेका थिए। पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी उनी बनेका थिए। उनले सन् २०२२ को विश्वकपमा सर्वाधिक गोल गरेका थिए, जसमा फाइनलमा दुर्लभ ह्याट्रिक पनि समावेश छ।

एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट १८ ० मिलियन युरो (१९४ मिलियन अमेरिकी डलर) मा पीएसजीमा आबद्ध भएका थिए। उनलाई १४ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिडले किन्ने अपेक्षा गरिएको छ।

सन् २०२१ मा रियलले एम्बाप्पेका लागि १८० मिलियन युरोको प्रस्ताव गरेको थियो। तर, पीएसजीले उक्त प्रस्ताव अस्वीकार गर्दियो। पीएसजीसँग उनले आफ्नो सम्झौता नवीकरण गरे तर थप एक वर्षको लागि विकल्प लिएनन्। यसै वर्षको शुरूमा उनले पीएसजीलाई सिजनको अन्त्यमा क्लब छोड्न लागेको जानकारी दिएका थिए।

शुक्रबार उनले उक्त कुराको पुष्टि गरे। उनले पीएसजीका लागि २५५ गोल गरेका छन्। उनको ७ वर्षमा ६ लिग जितेका छन्। यस्तै, एक पटक च्याम्पियन्स लिगमा पीएसजीलाई फाइनलसम्म पुर्‍याएका छन्।

मंगलबार राति बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएपछि पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो।

एम्बाप्पेको बहिर्गमनले पीएसजीमा सुपरस्टार युगको अन्त्य भएको छ। विश्व कीर्तिमानी २ मिलियन युरो (२३९ मिलियन अमेरिकी डलर) खर्चिएर पीएसजीले नेयमारलाई क्लबमा आबद्ध गरेको थियो। पीएसजीले ज्लाटन इब्राहिमोभिच (क्लबका लागि १५६ गोल), एडिन्सन काभानी (पिएसजीका लागि २०० गोल) र लिओनल मेसी (आठ बालोन डी’ओर विजेता) लाई पनि आबद्ध गर्न सफल भएको थियो।

ट्रान्सफर शुल्कमा २ अर्ब युरो (२ अर्ब १५ करोड अमेरिकी डलर) भन्दा बढी खर्च गरेको पीएसजीले च्याम्पियन्स लिग भने जित्न सकेन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖