• Saturday 24th of October 2026

खाना खानुअघि किन हालिन्छ अप्सनी ?


  • धनकुटा खबर
  • .

काठमाडौं– हामी धेरैले देख्दै आएको छौँ कि परिवारका अग्रज व्यक्तित्वहरूले खाना खानुअघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउने गरेको ।

यसलाई अप्सनी भन्ने गरिन्छ । यस्तो किन गरिन्छ त यसको कारण बारे धेरैलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ कि यो किन गरिन्छ त रु

परम्परागत रूपमा अन्नलाई पनि देवी मानेर खाना खानु अगाडि ढोगेर आफ्ना देवी देवता र पितृलाई चढाउने गरिन्छ ।

धेरै जसो ग्रामीण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, कुखुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलो माटो, खेतीपाती, गाईबस्तु जस्ता परिवेशमा हुर्केका हुन्छन् । र आफ्नो वरपर आँखाले नदेखिने साना साना कीटाणुहरू रहेका हुन्छन् ।

यिनै कीटाणुहरूबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ती कीटाणुहरू पानीको घेरा तोडेर खानासम्म आइ नपुगोस् र खाना खाउन्जेल ती कीटाणुहरू तिनै छर्केको भातमै अलमलिएर बसोस् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖