• Saturday 24th of October 2026

सुनको मुल्यमा भारी वृद्धि, कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖