• Saturday 24th of October 2026

इटहरीमा युवकको हत्या


  • धनकुटा खबर
  • .

सुनसरी । इटहरीमा एक जना युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भीम भन्ने राम कुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गर्न सफल भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖