• Saturday 24th of October 2026

प्रतिनिधि सभा बैठक साढे ४ बजेका लागि सर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभा बैठक साढे ४ बजेका लागि सरेको छ । आजै बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । २ बजे पनि बस्न नसकेपछि पुनः सरेको हो ।

सहकारीमा बचत गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिनका लागि संसदीय समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ । संसदीय समिति गठनका विषयमा दलहरूबीच सहमति पनि भइसकेको छ । तर, त्यसको कार्यादेश टुंगिएको छैन ।

संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आइतबार बसेको थियो । तर त्यहाँ पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖