• Saturday 24th of October 2026

प्रचण्डले पेलेरै विश्वासको मत लिएपछि रन्थनिए देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलको बैठक डाकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको नाराबाजीकै बीच विश्वासको मत लिएपछि कांग्रेस आक्रोशित बनेको छ ।

प्रचण्डले आज विश्वासको मत लिएका छन् । कांग्रेसको चर्को नाराबाजीका बीच प्रचण्डको पक्षमा १५७ मत पर्दा विपक्षमा शून्य मत खसेको थियो । भने एक सांसद तटस्थ बसे । विपक्षी दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चा छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖