• Saturday 24th of October 2026

७ वर्षीया बालिकालाई जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

मोरङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖