काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो अवरोध कायम राखेको छ ।
सहकारी ठगीको विषयमा सहमति नबनेसम्म कांग्रेसले संसद्मा अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।
कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्मा टेबल गरेका छन् ।
