• Saturday 24th of October 2026

श्रममन्त्री अर्यालको सम्पत्ति: १३ ठाउँमा जग्गा, १५० तोला सुन


  • धनकुटा खबर
  • .

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद) को १३ ठाउँमा जग्गा–जमिन रहेको छ। उनले १५० तोलाभन्दा बढी सुन रहेको र २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

विवरणअनुसार श्रममन्त्री डिपीपत्नी अम्बिकाको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा ३ करोड मूल्य बराबरको घर–घडेरी रहेको छ। उनले यो निजी कमाइबाट आर्जन गरेको उल्लेख गरेका छन्।
अम्बिका केसीकै नाममा धादिङको गजुरी गाउँपालिका ८ मा ८ आना, धादिङकै गजुरी–१ मा ४ आना, काठमाडौंको नागार्जुन नगरपालिका १ मा ५, सोही वडाको अर्को स्थानमा ३ आना जग्गा रहेको छ।

काठमाडौंको टोखामा ४ आना ३ दाम १ पैसा, काठमाडौंकै नागार्जुनमा १० आना, लम्जुङको राइनासको वडा नम्बर ६ को पाँच ठाउँमा ६ आना, ३ रोपनी ७ आना १ दाम, ६ रोपनी ३ आना २ दाम, ९ आना २ दाम २ पैसा, १३ आना ३ दाम जग्गा खुलाएका छन्। त्यस्तै भक्तपुरको बागेश्वरीमा ८ आना ३ दाम ३ पैसा जग्गा रहेको खुलाएका छन्।
उनले १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा भएको खुलाएका छन्। यी गरगहना २०७४ साल साउन १५ अगाडि जोडेको पनि बताएका छन्।

उनीसँग श्रीमती अम्बिका केसीको नाममा बैंकमा ५० लाख, २० लाख, १५ लाख मौज्दात रहेको छ। त्यस्तै आफ्नै नाममा १३ लाख, ४ लाख र १ करोड १५ लाख रहेको बताएका छन्।

उनले विभिन्न बैंक तथा वित्तिय संस्थाको गरी ६७ हजार थान सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

उनले टोयोटा प्राडो, टाटा नेस्कन इभी गरी दुईवटा सवारी साधन रहेको खुलाएका छन्।

त्यस्तै स्वयम्भू स्टार ब्यांकेट, सुमिरे ट्राभल्स एण्ड टुर्स, इजी लिंक रेमिट, इपिए ह्यान्डी क्राफ्ट्सलगायत कम्पनी रहेको र यी सबै निजी कमाइबाट जोडेको पनि खुलाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖