काठमाडौं, ९ जेठ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञप्ती जारी गर्दै कानूनभन्दा माथि कोही नहुने भनेका छन् ।
रास्वपाले सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस् भनेको छ ।
