• Saturday 24th of October 2026

एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । ‘महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई अन्तिम रूप दिएर तल्ला कमिटीमा पठाउनुपर्नेछ । सोही विषय छलफलको मुख्य एजेन्डा हो’, खतिवडाले भने, ‘अरू समसामयिक विषयमा पनि छलफल हुन्छ ।’

सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौँमा हुँदैछ । त्यसका लागि पार्टी नेताहरूले राजनीतिक सांगठानिक सहित चार वटा दस्तावेजको मस्यौदा तयार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖