• Saturday 24th of October 2026

ओलीको दाबी : सिरोहिया ३ दिनमा छुट्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिनमा छुट्ने दाबी गर्नुभएको छ ।

धनुषा जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई भोलिसम्मको म्याद दिएका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले ३ दिनपछि छुट्ने दाबी गर्नुभएको हो । आज सुनसरीमा एक कार्यक्रममा बोल्दै ओलीले एकजना व्यक्ति पक्राउ पर्दैमा धुरुधुरु रुनु नपर्ने भन्दै सिरोहियाको पक्राउलाई गलत भनिरहेकाहरूको आलोचना समेत गर्नुभयो ।

ओलीले आफ्नो दल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको पार्टी भएको दाबी गर्न भने छोड्नुभएन ।

अर्को प्रसंगमा ओलीले आफ्नै पार्टीका नेता पक्राउ पर्दा विज्ञप्ति ननिकाल्ने कांग्रेसले सिरोहिया पक्राउ पर्दा भने विज्ञप्ति निकाल्न हतार गरेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । यस्तै, अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेका विरुद्ध कांग्रेस खनिनु ‘भँगेरा मार्न तोप लिएर हिँड्नु’ जस्तो भएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖