• Saturday 24th of October 2026

कान्तिपुरका मालिक सिरोहिया ४ दिनदेखि प्रहरीको हिरासतमा ! छुटाउन पूर्व कानूनमन्त्री बन्दीसहित १२ जना अधिवक्ता बहस गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं,११ जेठ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहिया ४ दिनदेखि प्रहरीको हिरासतमा छन् ।

मंगलबार काठमाडौंबाट पक्राउ परेका उनी धनुषा प्रहरीको हिरासतमा छन् । मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालयको पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएका उनलाई आज दोस्रोपटक म्याद थपका लागि आज पुनः जिल्ला अदालत धनुषा पेस गरिएको छ।

सिरोहियाले आफ्नो पक्षमा बहस गर्न पूर्व कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी)सहित १२ जना अधिवक्तालाई उतारेका छन् । बन्दी नेकपा एकीकृत समाजवादीका नेता हुन् । एसका अध्यक्ष माधवकुमार नेपाल निकट बन्दी एसको कोटाबाट ६ महिना कानूनमन्त्री भएका थिए ।

सिरोहियाका पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, चुमान किशोर लामा, विनोद शर्मा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम भट्टराई र गोविन्द वन्दी तथा अधिवक्ताहरू रमण कर्ण, दीपेन्द्र झा, सुदीप कोइराला, किशोर पौडेल र रवि नायक तयार भएका हुन्।

नागरिकता प्रकरणमा सिरोहिया पक्राउ परेका हुन् । तर, सहकारीको करोडौँ रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖