• Saturday 24th of October 2026

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि राम्रो बजेट आउँछ’


  • धनकुटा खबर
  • .

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यस पटक महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा राम्रो बजेट आउने बताएकी छिन् । धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएकी हुन् ।

‘अहिले बजेटको तयारी भइरहेको छ । धेरै नयाँ विषयमा समेटिएर बजेट बन्ने छ, उनले भनीन् , ‘सीमित बजेट सिलिङबिचमा हाम्रो मन्त्रालयबाट पनि धेरै नयाँ बिषय समेटिने छ ।’ उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सरकारले ध्यान दिएको बताईन् । यस पटकको बजेटमा केही नयाँ कार्यक्रम समेटिएको जनाउँदै उनले बजेटमा छोरी आत्मनिर्भरता कार्यक्रम, सातै प्रदेशमा ज्येष्ठ नागरिक, अशक्त नागरिकका लागि थप नयाँ कार्यक्रमसहित बजेट तयार गर्ने चर्चा गरीन् ।

‘पालिका स्तरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु हुने उनले बताईन् । ज्येष्ठ नागरिकहरू दिनभरि त्यहाँ गएर विभिन्न सेवा लिन सक्नु मन्त्री चौधरीको भनाइ छ । सडक बालबालिकाको व्यवस्थापनका लागि पनि सरकार गम्भीर रहेको जनाउँदै बाल सुधार गृहमामा भइरहेको विभिन्न घटनाहरू रोक्न र बाल सुधार गृहलाई अझै सुधार गर्ने विषयमा पनि सरकार लागेको मन्त्री चौधरीले जानकारी दिईन् । कञ्चनपुरको कार्यक्रममा सहभागी हुन हिजो साँझ पुग्नुभएका मन्त्री चौधरी आज कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी भएर आज काठमाडौँ फर्किनुहुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖