• Saturday 24th of October 2026

कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन् : विष्णु पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसलाई कमजोर नबनाईकन लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । उनले सरकारबाट बाहिरिनु परेकोमा कांग्रेसीहरुमा बेचैनी बढेको आरोप लगाएका छन् । पार्टीको ११औं चितवन जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले सरकारसँग डराएर कांग्रेस छटपटिएको छ ।उसमा बेचैनी बढेको छ। संसदमा अलोकतन्त्रको हद देखायो। कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएर हुलहुज्जत गर्‍यो, कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन। आगामी चुनावमा जसरी पनि परास्त पार्छौं।’

सो क्रमम ाउनले कांग्रेसको भाग्य (नसिब) मा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको पनि टिप्पणी गरे । उनले कांग्रेसलाई प्रतिपक्षमा राखेर नै चुनावमा लैजाने बताए । उनले अहिलेको सत्ता गठबन्धन चुनावसम्म नै जाने बताए । सो क्रममा उनले अब संसद्पनि पेलेरै चलाउने उद्घोष गरे । उनले भेन,‘कांग्रेसले बहुमतलाई बन्धक बनाएर संसदलाई अवरोध गरेको छ । अब संसद चलाउन सहमत नभए व्यवधान पन्छाएर हामी अघि बढ्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖