• Saturday 24th of October 2026

महिनावारी सुक्ने समयमा देखिन्छन् यस्तो लक्षण


  • धनकुटा खबर
  • .

४० वर्ष नाघेपछि महिलाहरूले आफ्नो शरीरमा केही परिवर्तन भएको पनि महसुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरूको परिवर्तन यही उमेरबाट सुरु हुन्छ ।

जसले गर्दा उनीहरूमा शारीरिक र मानसिक साथै अरू कुराहरूमा पनि परिवर्तनहरू हुन सुरु हुन्छ । ४० वर्ष पुगेपछि मानसिक परिवर्तन हुने भएकाले खानपिनमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

महिनावारी सुक्नु भनेको महिलाहरूको जुन प्रजनन क्षमताहरू छन्, त्यो चाहिँ बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । प्रजननको लागि चाहिने जति हर्मोनहरू छ ती बिस्तारै कम हुँदै जान्छन् ।

त्यो कम भएको कारण महिलाका शरीरमा परिवर्तनहरू आउन थाल्छ । त्यो शारीरिक वा मानसिक परिवर्तन हुनसक्छ । कतिपयमा स्वास्थ्यलाई नै खराब गर्ने खालको परिवर्तनहरू पनि हुनसक्छ ।

महिनावारी बन्द हुने समयमा देखिने शारीरिक परिवर्तनहरू

सबैभन्दा धेरै देखिने परिवर्तन भनेको शरीर अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुने हुन्छ । यसलाई हर्ट प्रोसेस भनिन्छ । यो लक्षण महिनावारी सुक्ने ताका करिब ७० प्रतिशत महिलाहरूमा देखिन्छ । त्यस्तै गरेर राति निन्द्रा नलाग्ने, योनी द्वारहरू सुख्खा हुँदै जाने जस्ता समस्या पनि देखिन थाल्छ ।

जसरी महिला हलक्क बढ्यो भने महिनावारी हुन लाग्यो है भनेर बुझ्छन् त्यस्तै यो ४० वर्ष कटेपछि जाडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्यो भने महिनावारी सुक्न लागेर हो कि भनेर बुझ्नुपर्ने हुन्छ । यो समस्याको निदान र स्वास्थ्य हेरचार चाहिँ कसरी गर्ने त ?

ध्यान दिनुपर्ने कुराहरू
राती तातो हुने, चिसो हुने, एक्कासी जुरुक्क उठ्ने अथवा मेरो छाला एकदम सुख्खा भएर गयो, योनीद्वारतिर सुख्खा हुन थाल्यो भने यस्तो अवस्थामा महिनावारी रोकिन लागेको हो कि भनेर एकचोटी गाईनोलोजिष्टलाई भेट्न जरुरी हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖