• Sunday 25th of October 2026

ओलीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्नः मकै पोलेको देख्दा तपाईँको मन पोलेको छैन ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा नेकपा (एमाले) गम्भीर बन्न नसकेको बताएका छन् । आज (आइतबार) कांग्रेस काठमाडौंको संयोजनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा संलग्नलाई जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेको आरोप लगाए ।

ओलीले आरोप र गालीजति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थुपारेर सहकारी ठगी प्रकरणमा संलग्न आफ्ना नेता तथा कार्यकर्तालाई जोगाउन लागिपरेको बताए ।

साथै, उनले एमाले अध्यक्ष ओलीलाई मकै पोलेको देख्दा तपाईँको मन पोल्दैन ? भनेर प्रश्नसमेत गरे । ‘सहकारीमा डुबेको पैसा सम्झिँदै गर्दा मकै पोलेको देख्दा तपाईँको मन पोलेको छैन ?’

प्रश्न गर्दै उनले भने, ‘सहरको कुनामा बसेर जुत्ता पालिस गर्ने एउटा दाजुले जम्मा गरेको पैसा अपचलन हुँदै गर्दा तपाईलाई पोलेको छैन ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖