• Sunday 25th of October 2026

भोलि देशभर सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ – भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सरकारले देशैभरी सार्वजनिक बिदा दिने भएको छ । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

२०६२\६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖