काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ ।
तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ ।
यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
