• Sunday 25th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • धनकुटा खबर
  • .

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्दैछ।
बिहान १० बजे संघीय भवनको ल्होत्से हलम बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सहकारीको बचत अपचलन, दुरूपयोग, हिनामिना र ठगी छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। यस्तै सोमबार राति बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको बैठकले समितिको कार्यादेशमा पनि लगभग सहमति जुटाएको कांग्रेस प्रमुख सचेतक लेखकले बताएका छन्। मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमतिलाई अन्तिम रूप दिनेछ।

पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बोलाएको हो।

सरकारले आगामि आर्थिक वर्षको बजेट पनि मंगलबार सार्वजनिक गर्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖