• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाली क्रिकेट खेलाडीलाई वाइवाइको ब्याक टु ब्याक हौसला, सुपर–८ मा पुगे ३० लाख दिने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ ।

जसअनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ । यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइवाइ चाउचाउको तर्फबाट नगद ३० लाख प्राप्त गर्नेछ ।

यसका साथै वाइवाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारहरूको पनि घोषणा गरेको छ ।

जसमा प्रत्येक रन बनाएबापत रू १ हजार, प्रत्येक चौकाबापत रू. ८ हजार, प्रत्येक छक्काबापत रू. १२ हजार, प्रत्येक विकेटबापत रू. १५ हजार, प्रत्येक अर्धशतक बापत रू. ५० हजार, प्रत्येक शतकबापत रू। १ लाख र नेपाली टिमको प्रत्येक जीतमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।

नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ । वाइवाइले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुँदैनथे ।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् ता पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’

नेपालले टि–२० विश्वकपको श्रृंखलाअन्तर्गत आफ्नो पहिलो खेल नेदरल्यान्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖