• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पर्सी खेल्न वेस्ट इन्डिज आइपुग्नुपर्ने नेपाली क्रिकेट टिम किन अमेरिकामै रोकियो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको दुई खेल खेल्न वेस्ट इन्डिज जानुपर्ने नेपाली क्रिकेट टिम अमेरिकाको फ्लोरिडामै रोकिएको छ । समूह चरणको अन्तिम दुई खेल खेल्न वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुग्नुपर्ने नेपाल क्रिकेट टिम खराब मौसमका कारण अमेरिकाको फ्लोरिडामै रोकिएको हो ।

खासमा नेपाली‌ क्रिकेट टिम बुधबार साँझ फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जाने तालिका भएपनि अमेरिकामा जारी वर्षाका कारण टिमको उडान रद्द हुन पुगेको हो । जसका कारण नेपाली टिम अमेरिकामै रोकिएको हो ।

वर्षाकै कारण मंगलबार फ्लोरिडामा तय भएको नेपाल र श्रीलंकाबीच खेल रद्द भएको थियो । यता वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच जुन *१५ र नेपाल र बंगलादेशबीच जुन १६ मा खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖