• Saturday 24th of October 2026

बाँकेमा चल्यो गोली


  • धनकुटा खबर
  • .

बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ।

डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । घटना बिहीबार बिहान साढे ८ बजेतिरको भएको बताइएको छ ।

उनलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्‍याएपछि ३ राउण्ड गोली चलाइएकोप्रहरीको भनाइ छ ।

सो क्रममा एक स्थानीयको खुट्टामा गोली लागेको बताइएको छ । यस्तै झडपमा एक प्रहरी समेत घाइते भएका छन् । यस्तै फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖