• Saturday 24th of October 2026

हराएका श्रीमान भेटिए तर खोज्न हिँडेकी गर्भवती श्रीमतीलाई खोलाले बगायो


  • धनकुटा खबर
  • .

काठमाण्डौं– दाङमा खोलाले बगाउँदा बुधबार विहान ७ महिने एक गर्भवती किशोरीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१४, मटेराकी १९ वर्षीया सम्झना चौधरीको बबई खोलाले बगाएर मृत्यु भएको हो।

प्रहरीका अनुसार सम्झनाका श्रीमान २० वर्षीय रोशन गए रातीदेखि सम्पर्र्क विहिन थिए, उनको मोवाईलमा पनि सम्पर्क हुन सकेको थिएन। त्यसैले सम्झना काकाका छोरा ७ वर्षीय रोहनलाई लिएर विहान करिव ८ वजे श्रीमानको खोजीमा निस्किएकी थिईन। बबईको पारीपटी रोशनकी फुपुको घर छ।

उनी त्यतै लागिन। खोला तर्ने क्रममा वाढी बढ्दै गएपछि रोहनलाई पछाडि किनारतिरै फर्काएर आफु अगाडि बढेकी उनलाई हेर्दा हेर्दै खोलाले बगायो। रोहन घरमा पुगेर वेलिविस्तार सुनाए।

गाउँले तथा प्रहरीले खोजतलास गर्दा सम्झनाको शव दिउँसो करिव २० किलोमिटर तल दंगीशरण गाउँपालिका–१, बैबाङस्थित पुलमुनि फेला परेको प्रहरीले जनाएको छ। श्रीमान भने राति काका नाता पर्ने आफन्तको घरमा वसेको पाईएको छ।

काममा गएका उनी पानी परेपछि घर पुग्न सकेका थिएनन्। आफु फर्किँदा ७ महिनाकी गर्भवती श्रीमती गुमाउँनु पर्दा रोशनमाथि वज्रपात परेको स्थानीय वताउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖