• Tuesday 27th of October 2026

मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं । सोमबार सरकार छाडेको नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी प्रदेश एमाले प्रदेश संसदीय दलले अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता लम्ब्याउनका लागिमात्र सरकारमा रहनु राम्रो नभएको भन्दै राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं ।

यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ (पाँच) जना मन्त्रीहरुले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं ।’

असार १७ गते एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेपछि एमाले सोमबार प्रदेश सरकारबाट बाहिरिएको थियो । बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖