• Tuesday 27th of October 2026

असार २८ गतेसम्म माओवादी पनि एमाले-कांग्रेसको गठबन्धनमा मिसिन्छः ठाकुर गैरे


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको संविधानको धारा ७६ (२) बाट दुई तिहाइभन्दा बढी बहुमतका साथ प्रधानमन्त्री बन्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नियुक्त भएपछि पहिलो पटक विश्वासको मत लिने प्रक्रियामा नरहेको बताउँदै एमाले अध्यक्ष ओलीलाई कुनै संवैधानिक बाधा नरहेको बताएका हुन् ।

‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम केपी शर्मा ओली दुई तिहाइभन्दा बढी बहुमतका साथ प्रधानमन्त्री बन्नुहुन्छ,’– उनले भने ।

उनले संघीय र प्रदेशमा उपधारा २ को विकल्पमा २ को सरकार र ५ को विकल्पमा ५ को सरकार बनाउने अभ्यास भइसकेको उनले बताए । अदालतले पनि त्यस्तो अभ्यासलाई आधिकारिक भनिसकेको उनले बताए । एउटा उपधाराबाट सरकार बन्ने अवस्था रहेसम्म सोही उपधाराको अभ्यास जारी रहने उनको भनाइ छ ।

साथै, यही असार २८ गते सदनमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कुरा राखेर राजीनामा दिनेमा आफू ढुक्क रहेको उनले बताए । नेता गैरेले माओवादी केन्द्रले मत विभाजनको माग गर्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए । कांग्रेस–एमालेको गठबन्धनमा माओवादी पनि सँगै हिड्ने पक्षमा परिस्थिति पुग्ने उनको दाबी छ ।

‘उहाँले आफ्ना भनाइहरु राख्नुहुन्छ र राजीनामा दिनुहुन्छ भन्ने म ठान्छु । २८ गतेसम्म अहिले जुन राष्ट्रिय सहमतिको सरकारको कुरा छ, तपाईँले अचम्म के नमान्नु होला भने २८ गते सदनमा पुग्दासम्म यो राष्ट्रिय सहमतिको सरकारलाई स्वयं माओवादी केन्द्रले समर्थन गरेर सँगै हिड्ने परिस्थिति बन्यो भने पनि अचम्म नमान्नुहोला । हामी त्यसको लागि तयारी गरिरहेका छौं,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖