• Tuesday 27th of October 2026

माओवादी बैठकले गर्यो यस्तो निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशवासको मत दिन ह्वीप जारी गरेको छ । साथै, माओवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने तयारी गरेको छ ।

बुधबार संसदीय दलको बैठकपश्चात् पत्रकार सम्मेलनमार्फत प्रमुख सचेतक हितराज पाण्डेले सो कुराको जानकारी दिए । उनले आजको बैठकमा दलका नेता तथा प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले ढाँटेर सत्तासमीकरण बदलेको विषयमा पनि जानकारी गराएको उनले बताए ।

“कांग्रेस र एमालेले गरेको सहमति सार्वजनिक रूपमा आजसम्म आएको छैन । १७ गते एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीज्यूबीच तीन घण्टा कुराकानी भएको र सकारात्मक ढंगले सरकारको काम अघि बढाउने कुरा भएको थियो । बाहिर आएका मिडियामा आएका समाचार झुटा हुन् भन्ने ओलीको कुरा थियो ।

मध्यरातमा दस्तखत गरेर १८ गते बिहान प्रधानमन्त्रीकहाँ ओली गएको र तीनजना नेताको कुरा गरेको भनेर ओलीले भनेको, कांग्रेस सभापतिसँग ओलीजी त तीन नेता बसेर कुरा गर्ने भन्नुहुन्छ नि भनेपछि दस्तखत भइसक्यो सरी भन्नुभएको कुरा सुनाउनुभयो,” उनले भने ।

माओवादीको पहिलो उद्देश्य विश्वासको मत प्राप्त गर्ने नै रहने बताए । यदि विश्वासको मत नपाए संविधानको धाराअनुसार नै राष्ट्रपतिले कदम अघि बढाउने आफूहरूको विश्वास रहेको जानकारी उनले दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖