• Tuesday 27th of October 2026

फेरि पनि मन्त्री खान पाइन्छ कि भनेर रवि टाँसिइरहेका छन् : डा. ढकाल


  • धनकुटा खबर
  • .

काठमाडौं । कारबाहीमा परेका रास्वपाका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सत्ता लिप्साको आरोप लगाएका छन् । पार्टीमाथि आएको संकट समाधानका लागि आफूले प्रस्ताव राख्दा सभापति लामिछाने नियोजित रुपमा लागि परेको दाबी गरेका हुन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै लामिछानेलेलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी ओली र शेरबहादुर देउवाको शैली मन परेकाले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएको उल्लेख गरे । उनले लामिछाने अझै पनि संविधानको धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमा सरकार बन्ला भनेर गृहमन्त्रीको पदमा बसिरहेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा ढकालले भने- ‘अझै पनि उहाँ देउवाको सरकार बन्ला ७६ (३) भनेर कुरेर बस्नु भएको छ । त्यहीँ भएर सरकार छाड्नुभएको छैन । ओली, दाहाल, देउवाको शैली मन पर्नेलाई मेरो मन नपर्नु स्वभाविक हो ।’

ढकालले लामिछानेका सहयोगीले आफूलाई पटक पटक कुटपिट गर्न खोजेको आरोप लगाए । ‘मलाई पटक पटक दीपक बोहोराले पिट्न आए । म नरम भएर बसेको हो ।’ उनले आफूलाई केन्द्रीय सदस्यहरुले कडा रुपमा प्रस्तुत भइदिनुहोस् भनेपछि फरक शैलीमा प्रस्तुत भएको बताए ।

उनले भने, ‘मलाई केन्द्रीय सदस्यले पार्टी जोगाउन कडा भइदिनुहोस् । भनेर पटक पटक भनेकाले यो शैलीमा प्रस्तुत भएको हो ।’ उनले आफूलाई महामन्त्री र प्रवक्ताको पदबाट निलम्बनमा नपरेको दाबी गरे । आफू रवि लामिछानको क्लबबाट मात्रै निस्कासनमा परेको उल्लेख गरे ।

सभापति लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदन बारे सञ्चार माध्यममा बोलेको बताए । असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहने गरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖