काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ खुलासा गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले नयाँ समीकरण गठनका सबै कुरा आफूलाई जानकारी भएको खुलासा गरेका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले–कांग्रेस भेटका सबै सूचना पाएको बताएका थिए । एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको खुलासा गरे ।
यसबाहेक कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बनाउनका लागि छलफल भइरहेका सूचना आफूकहाँ आएको पनि उनको दाबी छ ।
प्रचण्डले नयाँ गठबन्धन बन्न लागेको सूचना नपाएको खबर बाहिरिएको थियो । तर उनले सबै सूचना आफूसँग आएको बैठकमा बताए ।
