• Tuesday 27th of October 2026

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


  • धनकुटा खबर
  • .

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीको विहिबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतले यस अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेश प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको छ ।

अर्कोतर्फ कांग्रेस-एमालेबीचको सहमतिमा पनि ३-३ प्रदेश भागबन्डा गरेपनि मधेश प्रदेश मधेश केन्द्रित दललाई दिने सहमति गरेका छन् । प्रतिनिधि सभामा जनमतका ६ सांसद रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖