• Tuesday 27th of October 2026

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू नै उपस्थित नभएपछि


  • धनकुटा खबर
  • .

प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएका थिए। तर बिहीबारको प्रतिनिधि सभा बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकोले कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाइएको थियो।
उनले अर्को बैठक असार २८ गते शुक्रबार बिहान ११ बजे बस्ने सभामुख घिमिरेले बताए।

प्रधानमन्त्री दाहालले एमाले र जनता समाजवादी पार्टीले छाडेका १० मन्त्रालय पनि सम्हाल्दै आएका छन्।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायतले प्रधानमन्त्री दाहाललाई विश्वास मत नदिने निर्णय गरेका छन्।

प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ जना सांसदको साथ चाहिन्छ।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ नयाँ सरकार गठन गर्नेलगायत समझदारी बनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖