• Tuesday 27th of October 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीका श्रीमतीले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीलाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै बिहीबार उनलाई दोषी ठहर गरेको हो । उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय अदालतले सुनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो । बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ ।

अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖