• Tuesday 27th of October 2026

रवि लामिछानेको प्रचण्डलाई सल्लाह– राजीनामा नै ७६(३) उल्लेख गर्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका अध्यक्ष रवि लामिछानेले विशेष सल्लाह दिनुभएको छ । रविको सल्लाह छ– राजीनामा दिँदा संविधानको धारा ७३ को ३ अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको छु भन्दै राजीनामा दिनुपर्छ ।

रविले आफ्नो पार्टीसँग सद्भाव राख्ने अधिवक्ताहरुसँग छलफल गरेपछि सो सल्लाह दिनुभएको हो । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा उल्लेख गर्ने कि नगर्ने भन्ने सम्बन्धमा आफूले पनि सरसल्लाह गरिरहेको जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रारम्भमा राजीनामा दिने पक्षमा हुनुहुन्थ्यो तर रवि लामिछानेको पार्टीले राजीनामा नदिने निर्णय गरेपछि विश्वासको मतको सामना गर्ने पक्षमा पुग्नुभएको हो ।

रविको पार्टीले साना पार्टीलाई सखाप पार्ने गरी संविधान संशोधन गर्न नपाइने पक्षमा आफूलाई उभ्याउने बताइएको छ ।

रविले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरी सो सल्लाह दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖