• Tuesday 27th of October 2026

प्रतिनिधि सभामा प्रचण्डले मागे विश्वासको मत


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल ददाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले विश्वासको मत मागेका हुन् ।

सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖