• Tuesday 27th of October 2026

फाइल खोलेको २४ घन्टामा सरकार ढल्यो: गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फाइल खोलेको २४ घन्टामा सरकार ढलेको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले फाइल खोलेको २४ घन्टामा सरकार ढलेको बताएका हुन्।

‘खोइ फाइल खोल्नुभएको थियो भनेर एक जना माननीयले भन्नुभएको थियो। फाइल खुलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने फाइल?,’ उनले प्रश्न गरे।

सरकार के कारणले ढल्यो र सहमति के भयो भनेर कांग्रेस र एमालेले सदनलाई ढाटेको पनि उनले बताए।

‘यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो,’ उनले भने, ‘कसका कारणले सरकार ढल्यो, प्रष्ट छ केही नियुक्ति, बेचन झा, प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको कारण जनतालाई थाहा छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖