काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । ओलीलाई एमाले र कांग्रेस सांसदको साथ छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । आज नै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएको थियो । संविधान संशोधनसहितको एजेन्डा राखेर दुई दल सरकार बनाउन सहमत भएका थिए ।
