काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् ।
इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ । ती चारजनामा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी भएका रामनाथ अधिकारी छन् ।
यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए । तर, उनीहरूलाई छानिएन ।
“राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको पनि चर्चा छ । तर, अहिले यसै भन्न सकिन्न,” स्रोतले भन्यो ।
मन्त्रीको टुंगो लगाउन सोमबार बिहान उक्त समूहको बैठक बसेको थियो ।
