• Wednesday 28th of October 2026

प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै ओलीले भने: सबैमा सम्मान, सबैलाई धन्यवाद!


  • धनकुटा खबर
  • .

काठमाडौं,३० असार । प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्।

आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। लगत्तै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद!’

ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो। ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖