• Wednesday 28th of October 2026

शेखर कोइराला पक्षले देउवालाई बुझायो चार मन्त्रीको नाम,को-को परे ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।

कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो ।

आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । तर देउवा भने चार जना मन्त्री दिन इच्छुक नरहेको बताइएको छ ।

त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले अरु मन्त्रीको टुंगो भोलि लगाउने श्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖