• Wednesday 28th of October 2026

मन्त्री छान्न ओली निवास बालकोटमा एमाले नेताहरुबिच छलफल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल सुरु गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा मन्त्री हुनेहरुको नाम टुंगो लगाउन छलफल भएको हो ।

छलफलमा अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖