• Wednesday 28th of October 2026

एमालेबाट यी ८ जनाले लिँदैछन् मन्त्रीको शपथ


  • धनकुटा खबर
  • .

नेकपा एमालेले मन्त्री बन्ने ८ जनाकाे नाम टुंगो लगाएको छ।

गएराति तीन बजे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदैछन्।

त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको शपथ लिँदैछन्।

यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖