• Wednesday 28th of October 2026

रवि लामिछानेले बधाई दिँदै भने- भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम हुन्छौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । निवर्तमान गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले भ्रष्टाचार र विचलनका मुद्दामा आफूहरू निर्मम ढङ्गले प्रस्तुत हुने तर सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖