• Wednesday 28th of October 2026

तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाही : सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। काठमाडौँबाट विराटनगर तर्फ जाँदै गरेको ना. ७ ख १०५० नम्बरको बसबाट हाम फाल्दा सप्तरीको शम्भुनाथ नगरपालिका–४ नरहैया निवासी ३० वर्षीय शंकर चौधरीको मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिका सागरनाथ चोकस्थित सशस्त्र प्रहरीको बेसअगाडिको लच्का नजिक उनले तीव्र गतिमा गुडिरहेको बसको ढोकाबाट हाम फालेका प्रहरीले जनाएको छ। बसबाट फाल हान्दा गम्भीर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

चौधरी बाराको पथलैयाबाट बस चढेका कन्डक्टरले बताएका छन्। कन्डक्टर भाडा उठाउन व्यस्त भएका बेला चौधरीले एक्कासी आफैँले बसको ढोकाबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖