• Wednesday 28th of October 2026

सङ्खुवासभामा पहिरो- सासू बुहारीको ज्यान गयो..


  • धनकुटा खबर
  • .

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको ज्यान गएको छ ।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको बताए ।

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् ।उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖