• Saturday 24th of October 2026

बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।

नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए । हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको छ ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका–२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ । अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् । खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖